अहमदाबाद विमान दुर्घटना : नेपाली मूलकी मनिषा थापाको पनि मृत्यु

विराटनगर। भारतको अहमदाबादमा बिहीबार भएको एयर इण्डियाको विमान दुर्घटनामा नेपाली मूलकी मनिषा थापाको मृत्यु भएको खुलेको छ। उक्त विमानको चालक दलकी सदस्य ‘गोर्खा क्याबिन क्रू’ थापाको मृत्यु भएको खुलेको हो।

भारतीय सञ्चार माध्यमहरुका अनुसार थापा भारतको विहार निवासी हुन्। अर्थशास्त्रमा स्नातक तहसम्म अध्ययन गरेकी उनी एयर होस्टेस बनेकी थिइन्। उक्त घटनामा चालक दलका सदस्यसहित २४१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

विमानमा रहेका  एकमात्र यात्री जीवित छन्।  गम्भीर दुर्घटनामा परी बाँच्न सफल एकमात्र यात्री ४० वर्षीय रमेश कुमार हुन्।  मृत्यु हुनेमा २३० यात्रु र ११ जना चालक दलका सदस्य रहेको एयर इन्डियाले जनाएको छ।

ज्यान गुमाउने चालक दलका सदस्यहरुमा क्याप्टेन सुमीत सभरवाल, रतनजीव कुन्दर, अर्पना अमोल महादिक, श्रद्धा महादेव धवन, दीपक बालासाहेक पाठक, इरफान समीर शैख, लमनुनथमी सिङगसन, सैनिता चक्रवर्ती, नानथोइ शर्मा कोङब्राइ, मैथिली मोरेश्वर पाटिल, मनिषा थापा, रोशनी राजेन्द्र सोङघारे छन्। यीमध्ये सिङगसन र शर्मा भारतकै मनिपुरका भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

विमान दुर्घटना : २४१ जनाको मृत्यु पुष्टि, एकमात्र जीवित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *