एकअर्काको सुखदुःखमा
नेपाली दाजुभाइ अब काँधमा काँध मिलाउनुपर्छ।
परिवर्तनको समय आयो फाटेको मन सिलाउनुपर्छ।
धर्ममा भिन्नता भए पनि हाम्रो आस्थामा एकता छ,
पूर्वको मुटु दुख्दा पश्चिम मलम लिई आउनुपर्छ।
राख्नु हुँदैन हाम्रो मनमा भेदभाव कहिल्यै पनि,
माया र ममताको भाका सधैँ मिलेर गाउनुपर्छ।
आफूले सकेको सहयोग गर्न कहिल्यै पछि नपरौँ,
बरु एउटाले बिगारे हामी सबै मिली बनाउनुपर्छ।
अटुट नाता यो हाम्रो व्यर्थै हामीले तोड्नु हुँदैन,
एकअर्काको सुखदुःखमा उपस्थिति जनाउनुपर्छ।
प्रतिक्रिया
