एनपीएल दोस्रो संस्करण मंसिर १ देखि

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म हुन लागेको हो।

पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।

फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो। यसपल्टको संस्करण पनि सोही मैदानमा हुने क्यानले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *