झापा सडक दुर्घटना : ३ को मृत्यु, १ जना सिकिस्त

झापा। बाह्रदशी गाउँपालिका-१ मा बुधबार मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृतक संख्या ३ पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ३ वर्षीय आयुष राजवंशीको बुधबार राति उपचारका क्रममा बी एन्ड सी अस्पताल, बिर्तामोडमा मृत्यु भएको हो। उनी स्कुटर चालक ६० वर्षीय श्रीप्रसाद राजवंशीका नाति हुन्।

दुर्घटनामा घटनास्थलमै श्रीप्रसाद र भारत किसनगन्जका २६ वर्षीय मोटरसाइकल चालक सुरज टुडूको मृत्यु भएको थियो।

घाइते आयुषकी आमा उर्मिला राजवंशीको अवस्था गम्भीर छ। उनको बी एन्ड सी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

बीआर ३७ एजेड ६४४० नम्बरको भारतीय मोटरसाइकल र प्र. १–०१–०१६ प ९२६० नम्बरको स्कुटर आपसमा ठोक्किएर उक्त दुर्घटना भएको थियो।

झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, आमा-छोरा घाइते


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *