झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, आमा-छोरा घाइते

झापा । झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीमा बुधबार दिउँसो भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । आमा–छोरा गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा स्कुटर चालक झापा कचनकवल–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालकको ज्यान गएको हो । मोटरसाइकल चालकको भने पहिचान खुलेको छैन । दुवैलाई उपचारका लागि प्रदेश अस्पताल, भद्रपुर लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्कुटरमा सवार श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला राजवंशी र नाति ३ वर्षीय आयुष राजवंशी गम्भीर घाइते भएका छन् । उनीहरूको पनि उपचार भद्रपुरमै भइरहेको छ।

बीआर ३७ एजेड ६४४० भारतीय नम्बरको मोटरसाइकल र प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।


प्रतिक्रिया

One thought on “झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, आमा-छोरा घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *