उदयपुरमा माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला
उदयपुर । उदयपुरको त्रियुगा खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ।
चौदण्डीगढी नगरपालिका-६ निवासी २९ वर्षीय सुरज राई सोमबार साँझ ६:५० बजे सिवाई त्रियुगा खोलाको भत्किएको पुलमुनि माछा मार्ने क्रममा हराएका थिए।
मंगलबार सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा त्रियुगा खोलानजिकै उनको शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
