त्रियुगामा माछा मार्न गएका युवक बेपत्ता

उदयपुर । उदयपुरको चौदण्डीगढी–५ स्थित त्रियुगा नदीमा माछा मार्न गएका युवक बेपत्ता भएका छन् । सोमबार दिँउसो चौदण्डीगढी-६ कालीखोला ३० वर्षीय सुरज राई बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर बबिन राईका अनुसार त्रियुगाको भत्किएको पुल मुनि माछा मार्ने क्रममा बेपत्ता भएका उनको खोजी भइरहेको छ ।

साथीहरू प्रताप राई र सुरेश माझीसँग नुहाउन भनेर आएका सुरज पुलमुनि माछा मार्ने भनेर गएका थिए । त्यही बेला डुबेर उनी बेपत्ता भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *