चितवन दुर्घटना : मृतक र घाइतेको विवरण सार्वजनिक
काठमाडौं। चितवनमा बस र ईभी माइक्रो बस ठोक्किएर मृत्यु भएका र घाइतेहरूको विवरण सार्वजनिक भएको छ। दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
प्रहरीले दुर्घटनामा मृत्यु भएका र घाइतेको नाम सार्वजनिक गरेको हो। अधिकांशको ठेगाना पनि खुलेको छ भने केहीको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
चितवनको राप्ति नगरपालिकास्थित भण्डारामा धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्र-१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र-३–००१ ज २९९ नम्बरको माइक्रो बस शनिबार बिहान आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
मृतक
–मकवानपुर हेटौँडा–५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी
–मकवानपुर हटिया३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती
–नाम थर वतन नखुलेको अनुमानित वर्ष १८–१९ की महिला
–नाम थर वतन नखुलेकी अनुमानित वर्ष २४–२५ की महिला
–हाल नाम थर वतन नखुलेको अनुमानित वर्ष २२–२३ का पुरुष
–नाम थर वतन नखुलेकी अनुमानित वर्ष ३०–३५ की गर्भवती महिला
–नाम थर वतन नखुलेको अनुमानित वर्ष ३५–४० को पुरुष
घाइतेहरु
–मकवानपुर हेटौँडा–१३ बस्ने वर्ष १६ का सक्षम थापा
–मकवानपुर हेटौँडा उमनपा १२ बस्ने वर्ष ३२ का सिंहवीर घलान
–मकवानपुर हेटौँडा उमनपा ४ बस्ने वर्ष ३१ का विष्णु लम्साल
–मकवानपुर हेटौँडा उमनपा ८ बस्ने वर्ष ३४ की गंगा घलान
–झापा गौरादह–९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल
–झापा गौरादह–९ बस्ने बस्ने वर्ष अं ६७ की उमा बराल
–झापा गौरादह नगरपालिका–६ बस्ने वर्ष ७० की टीका न्यौपाने
–झापा दमक नगरपालिका ८ बस्ने वर्ष ८३ की लक्षिमा पौडेल
–झापा मेची नगर नगरपालिका–१५ बस्ने वर्ष २३ का प्रवेश सोरेन
–कञ्चनपुर बेलौरी–४ बस्ने वर्ष ४८ का वीरबहादुर जैसी
–रुकुम पश्चिम आठबिस्कोट–९ बस्ने वर्ष ३० का सन्देश ओली
–अछामको साँफेबगर–१० बस्ने वर्ष ३२ को अर्जुनबहादुर राउत
–कैलालीको लम्किचुवा–८ बस्ने ४५ वर्षीय जम बुढा
–कञ्चनपुर पूर्णवास नगरपालिका–६ बस्ने वर्ष ७० की चन्द्रकुमारी थापा
–कञ्चनपुर पूर्णवास नगरपालिका–६ बस्ने वर्ष ६९ का जमबहादुर थापा
–कैलाली गोरीगगा–११ बस्ने वर्ष ३२ का सुरेश बोगटी
–कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ३७ का लोकेन्द्र बुढा
–कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ४८ का बलसिंह बुढा
–रौतहट चपुर नगरपालिका ७ बस्ने वर्ष ४५ को वुलटन साह कानु
–मकवानपुर बकैया–४ बस्ने वर्ष २६ की अनिसा घिमिरे
–कालिकोट पलाता–४ बस्ने वर्ष ५३ का रत्न बुढा
–सप्तरी राजविराज नगरपालिका ५ बस्ने वर्ष ५६ का श्रीचन्द्र राय
–कैलाली गोदावरी नगरपालिका–४ बस्ने वर्ष ३४ का महेश चौधरी
–मोरङको बेलबारी नगरपालिका ७ बस्ने वर्ष २७ का सुमन चौधरी
घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
