देशभर फैलियो मनसुनी प्रणाली

काठमाडौं। जेठ १५ गते कोशीबाट भित्रिएको मनसुन शुक्रबारदेखि देशभर फैलिएको छ। कोशीबाट विस्तारित हुँदै मनसुनी प्रणाली सुदूरपश्चिमसम्मै फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। अक्टुबर २ तारिखमा बाहिरिने गर्छ। यो वर्ष भने सरदर मितिभन्दा १५ दिन अघि मनसुन नेपाल भित्रिएको थियो।

यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ। मनसुनको सबैभन्दा बढी प्रभाव गण्डकी, लुम्बिनी र कर्णालीमा पर्ने अनुमान गरिएको छ।

मौसमविद् धरमराज उप्रेतीका अनुसार यो वर्ष सरदरभन्दा बढी वर्षा हुने भनिएका क्षेत्रहरुमा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ। खासगरी नदी र खोला आसपासका क्षेत्रहरुमा सतर्कता आवश्यक रहेको उनको भनाइ छ।

‘सतर्कता अपनाउनुपर्ने भनेर बारम्बार सूचना सार्वजनिक हुने गरेको छ’ उनले सरलपत्रिकासँग भने, ‘यसलाई गम्भीर रुपमा लिनु पर्दछ, नत्र धनजनको ठूलो क्षति हुन सक्छ।’

यो वर्ष सरदरभन्दा धेरै वर्षा हुने

नजिकिँदै मनसुन : २० लाख मानिस प्रभावित हुने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *