लुइस विष्टको ‘प्रिय जिन्दगी’ पाठकमाझ

विराटनगर। सिक्किमकी सक्रिय साहित्यिक सर्जक लुइस विष्टको नयाँ कविता कृति ‘प्रिय जिन्दगी’ सार्वजनिक भएको छ।

सिक्किम अकादेमी पुरस्कार अलङ्करण एवं पुस्तक लोकार्पण समारोहका बीच बिहीबार उक्त कृति सार्वजनिक गरिएको हो।

सिक्किमको गान्तोकस्थित चिन्तन भवनमा आयोजित कार्यक्रममा सिक्किम सरकारका स्वास्थ्य तथा परिवगार कल्याण मन्त्री जी.टी ढुंगेलको प्रमुख आतिथ्यमा कृति सार्वजनिक गरिएको हो।

कृतिको मन्त्री ढुंगेल, सर्जक विष्टसहित अन्य विशिष्ट व्यक्तित्वहरुले लोकार्पण गरेका थिए। कृतिमा सरस, सरल शैलीमा लेखिएका विभिन्न विषयका गरी ४२ वटा कविता समावेश गरिएको छ।

‘बाडुली’, ‘बिनाशर्तको प्रेम’, ‘मान्छेभित्रको मान्छे’, ‘समयको थप्पड’, ‘प्रिय कविता’, ‘अन्तिम रात’, ‘प्रिय जिन्दगी’ लगायत कविता उक्त कृतिमा समेटिएको छ।

सर्जक विष्टका यसअघि ‘मनोभिराम’, ‘अन्तर्भाव’ लगायत कृति प्रकाशित भइसकेका छन्।

समय-क्यानभासमा सम्झना बनेका अनुहार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *