इरान र इजरायलको भ्रमण नगर्न सरकारकोे सुझाव
काठमाडौं। परराष्ट्र मन्त्रालयले इजरायल र इरानको भ्रमण नगर्न सुझाव दिएकोे छ। रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकहरुलाई अहिलेको जटिल परिस्थितिमा भ्रमण तथा यात्रा नगर्न सुझाव दिंदै ‘एडभाइजरी’ जारी गरेको होे।
मन्त्रालयले बुधबार सूचना जारी गर्दै इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकहरुलाई जटिल परिस्थिति कायम रहेसम्म भ्रमण तथा यात्रा स्थगित गर्न भनेको छ।
मन्त्रालयकोे सूचनामा भनिएकोे छ, ‘इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको, त्यहाँ रहनुभएका नेपाली नागरिकहरु हालसम्म सुरक्षित रहनुभएको र निजहरुको हितको रक्षा गर्न आवश्यकता अनुसार उपयुक्त कदम चालिने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’
