एसईईमा ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुने प्रधानमन्त्रीको अनुमान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष एसईईको नतिजामा ६० देखि ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुने अनुमान गरिएको बताएका छन्।

गत वर्ष एसइईको नतिजामा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु नाजुक अवस्था रहेको भन्दै सरकारले यो वर्ष त्यति संख्यामा परीक्षार्थी उत्तीर्ण हुने अनुमान गरेको बताएका हुन्।

धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । यसका लागि सरकारले सुधारको काम गरिरहेको उनको भनाइ छ।

अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए।

एसईई नतिजा प्रकाशनमा ढिलाइ हुने संकेत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *