विमान दुर्घटना : मृतकका परिवारलाई टाटा समूहको १-१ करोड

काठमाडौं। प्रसिद्ध औद्योगिक घराना टाटा समूहले भारतको अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएकाहरूको प्रतिपरिवारलाई १ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेको छ।

घाइतेहरूको उपचारको सम्पूर्ण खर्च पनि कम्पनीले ब्यहोर्ने साथै उनीहरूलाई आवश्यक सहयोग गर्ने जनाइएको छ।

एयर इन्डिया टाटा समूहको विमान कम्पनी हो। बिहीबार लण्डन जाने क्रममा अहमदाबाद विमानस्थलबाट उडेको केही मिनटमै विमान खसेर दुर्घटना भएको थियो।

विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए। अधिकांश यात्रुको मृत्यु भइसकेको छ। केही गम्भीर घाइते अवस्थामा उपचाररत् छन्।

विमानका यात्रुमध्ये रमेश विश्वास कुमार सामान्य घाइते छन्। दुर्घटना हुनासाथ उछिट्टिएर उनी नजिकैको सडकछेऊ पुगेका थिए। उनलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको थियो। उनको उपचार भइरहेको छ।

‘जब उठें, चारैतिर लाशैलाश देखें’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *