झापामा बाढीले सडक क्षतिग्रस्त बनेपछि यातायात अवरुद्ध

झापा। भारी वर्षाका कारण आएको बाढीले झापाका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ। बाढीका कारण ठाउँ ठाउँमा सडक क्षतिग्रस्त बनेको छ।

काँकडभिट्टाको काली खोलामा बाढीले सडक बगाएको छ। सडक बगेपछि यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख गणेश पौडेलले जानकारी दिए। यसैगरी, बुट्टाबारी–चारआली सडक खण्डमा पनि बाढीले डाइभर्सन बगाएको छ।

झापा गाउँपालिकाको मकैबालीका क्षति पुगेको छ। माई खोलाको बाढी बस्तीमा पसेको छ। शुक्रबार राति परेको पानीले माई खोलामा बाढी आएको हो।

झापा गाउँपालिका-२ का सुगाबथान, कुवारी, मिलनबस्ती लगायतका बस्तीमा माई खोलाको पानी पसेको हो। बस्तीमा पसेपछि गाउँलेहरु सुरक्षित स्थान खोज्दै वरपर गइरहेका छन्।

बाढीले सुगाबथानका २२ घर डुबानमा परेका छन्। स्थानीय सोम बास्की, जेठा टुडु माइला, सोम बास्की, ताला सोरेन, जेठा टुडु कान्छा, मण्डल टुडु जेठा, सुकदेव टुडु, मण्डल टुडु कान्छा, कृष्ण टुडुलगायतको घर डुबान भएको हो।

बाढीले बगायो कालोपत्रे सडक : आउजाउ ठप्प


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *