दिल्ली फर्काइएको कोरियन एयरको विमान आज काठमाडौं आउने
विराटनगर। काठमाडौंको आकाशमा आइसकेर मौसम प्रतिकूलताका कारण दिल्ली फर्काइएको कोरियन एयरको विमान आज मंगलबार आउने भएको छ। कोरियाबाट आएको विमान हिजो सोमबार साँझ काठमाडौंको आकाशमा निकै बेर फन्को लगाएर दिल्ली फर्किएको थियो।
कोरियन एयरले उक्त विमान दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट आज १२ बजे काठमाडौंका लागि उड्ने जनाएको छ। दिल्ली पुगेर अवतरण गरेपछि यात्रुहरूलाई होटलमा राखिएको छ।
कोरियाको इन्चेनबाट स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजे काठमाडौंका लागि उडेको कोरियन एयरलाइन्सको उडान काठमाडौंमा अवतरण गर्न नसकी दिल्लीमा अवतरण गराइएको थियो।
कोरियन एयरलाइन्सको केइ–६९५ जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि दिल्लीमा स्थानीय समयअनुसार साँझ ७ः४० बजे अवतरण गराइएको हो।
क्यानाडाबाट नेपाल आउने क्रममा रहेका उक्त विमानका यात्रु विराटनगरका मनोज पोखरेलका अनुसार काठमाडौंको आकासमा ‘हेभी थन्डरस्टर्म’ का कारण अवतरण गर्न नसकेर दिल्ली डाइभर्ट गर्नुपरेको जानकारी दिइएको थियो।
विमान काठमाडौंमा सोमबार ५ः३० बजे अवतरण गर्ने समय तालिका थियो। मौसम प्रतिकूल भएका कारण डाइभर्ट गर्नुपरेको पाइलटले घोषणा गरेको पोखरेलले जानकारी दिए।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न १० मिनट बाँकी रहँदा करिब ४५ मिनेट काठमाडौंको आकाशमा धेरैपटक घुमाइएको उनले बताए । त्यही अवस्थामा पाइलटले एकपटक विमानलाई अवतरण गराउने प्रयास गरेको तर सम्भव नभएको जनाइएको थियो। त्यस क्रममा जहाज धेरै हल्लिएपछि यात्रुहरु कहालिएका थिए।
कोरियाबाट आएको विमान ४५ मिनट काठमाडौंको आकाशमा घुमेर दिल्लीतिर
