परीक्षा बोर्डले प्रधानाध्यापक र शिक्षकहरूलाई धम्क्यायोः महासंघ

काठमाडौं। वैशाख ११ गते सुरु हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।

परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले धम्कीसहित परीक्षाको प्रक्रियामा सामेल हुन दबाब दिएको पाइएको महासंघको भनाइ छ।

महासंघले आज मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘विगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिंदै विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुने पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौं।’

सबै केन्द्राध्यक्षहरुलाई काठमाडौंमा सञ्चालित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन आउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

कक्षा १२ को परीक्षा वैशाख ११ देखि नै हुने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *