कक्षा १२ को परीक्षा वैशाख ११ देखि नै हुने

काठमाडौं। कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निर्धारित समयमै गर्ने निर्णय गरेको हो। मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने, पहिलो निर्धारित गरिएको समयमै गर्ने निर्णय गरेको जनाइएको छ।

सरकारले निजामती कर्मचारी खटाएरै भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने रणनीति बनाएको हो । बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए।

शिक्षा ऐन जारी गर्नुपर्ने लगायन माग गर्दै शैक्षिक हडताल र सडक प्रदर्शनमा उत्रिएका शिक्षकहरुले परीक्षा प्रक्रियामा समेत सहभागी नहुने बताउँदै आएका छन्। उनीहरुको आन्दोलन र परीक्षा प्रक्रियामा सहभागी नहुने अडानका कारण वैशाख ११ गतेदेखि सुरु हुने परीक्षाबारे अन्योल उत्पन्न भएको थियो।

नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन्। चैत २५ देखि उनीहरुले देशव्यापी शैक्षिक हडताल गरिरहेका छन्।

सरकार र महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन। शिक्षक आन्दोलन जारी रहेकै बेला हिजो सोमबार शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।

शिक्षक-कर्मचारी आन्दोलन : २०औँ दिन पनि सडकमै

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *