शिक्षक-कर्मचारी आन्दोलनमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता

काठमाडौं। शिक्षक-कर्मचारी आन्दोलनलाई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (आइटीएफ), लण्डनले समर्थन तथा ऐक्यबद्धता जनाएको छ।

यसबारे लिखित सन्देश काठमाडौंस्थित शिक्षक आन्दोलन स्थलमा फेडेरेशनका विश्व कार्य समिति सदस्य तथा ट्रेड युनियन कांगे्रसका महासचिव अजयकुमार राईले हस्तान्तरण गरे।

फेडेरेशनका महासचिव स्टेफन कटनका तर्फबाट प्राप्त पत्र उनले नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई हस्तातरण गरेका हुन्।

ऐक्यबद्धता पत्रमा शिक्षकहरुको आन्दोलनप्रति फेडेरेशनको चासो रहेको र विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गदैै विगतमा भएका सम्झौताहरु चाँडोभन्दा चाडो कार्यान्वयन गर्न आग्रह गरिएको छ।

फेडेरेशनले जाहेर गरेको ऐक्यबद्धताप्रति शिक्षक महासंघका अध्यक्ष सुवेदीले विशेष धन्यबाद दिंदै आभार प्रकट गरेका थिए।

त्यस अवसरमा महासचिव राईले राज्यसत्ता तथा राजनैतिक दलका केही नेताहरु पेशाकर्मीहरु तथा ट्रेड युनियन आन्दोलन प्रति अनुदार रहेको र आफ्नो अधिकार राज्यसत्तासँग खोसेर र भिडेरै लिनुपर्ने बताए।

चैत २८ र २९ मा लण्डनमा सम्पन्न इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशनको विश्व कार्यसमिति बैठकमा नेपालमा वर्तमान श्रमिक आन्दोलनमा देखिएको समस्या तथा वर्तमान शिक्षक आन्दोलनबारे राईले आफ्नो धारणा राखेका थिए।

त्यसपछि फेडेरेशनका अध्यक्ष पेडडी क्रुमलिनले नेपालको श्रमिक आन्दोलनलाई दरिलो बनाउन र शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै सहयोग तथा सदभाव रहने बताएका थिए।

विश्वभरका यातायात क्षेत्रका दुई करोडभन्दा सदस्य रही सबै महादेशहरुबाट ६० जना विश्व कार्यसमितिमा रहेकोमा नेपालका तर्फबाट महासचिव राईले प्रतितिधित्व गरेका छन्।

‘हामी निर्णायक मोडमा आइपुगेका छौं’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *