गाडी दुर्घटनामा ५ जना घाइते (अपडेट)

इलाम। मेची राजमार्गको नेपालटारमा आज भएको बोलेरो गाडी दुर्घटनामा घाइते हुनेहरुको पहिचान भएको छ। ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज २६४५ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

उक्त गाडी सडकबाट खसेको थियो। दुर्घटनालगत्तै अस्थायी प्रहरी बिट नेपालटारबाट खटिएको टोलीले घाइतेहरुको उद्धार गरेको थियो।

घाइतेलाई जिल्ला अस्पताल इलाम पठाइएको प्रहरीले जनाएको छ। चालक पाँचथरको फिदिमका बिक्रम नेम्बाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा ताप्लेजुङको फुङ्लिङ–१० का ३९ वर्षीय मंगलवीर लिम्बू, ताप्लेजुङ मिक्वाखोला–१ की ४१ वर्षीया कमला लिम्बू, फुङ्लिङ–१० की ६२ की दुर्गामाया लिम्बू घाइते भएका छन्।

यस्तै, झापाको अर्जुनधारा नगरपालिका–७ की १७ वर्षीया समीक्षा खड्का घाइते भएकी छन्। यसैगरी, पाँचथरको कुम्मायाक–५ की ३० वर्षीया इन्दिरा लिङ्दम लिम्बू घाइते भएको प्रहरीले जनाएको छ।

नेपालटारको घुम्ती सडकबाट खस्यो बोलेरो गाडी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *