प्रीत बनोस् जीवन

सबैका धड्कनमा गुञ्जने सङ्गीत बनोस् जीवन
हरेक शब्द अक्षरले दिल छुने गीत बनोस् जीवन
फूलझैँ हर प्रहर सुवास र सौन्दर्य फैलाइ धरामा
सबैले आत्मीय आलिङ्गन गर्ने प्रीत बनोस् जीवन।

* * *

तारहरूको सुन्दर संयोजन झङ्कार बन्नुपर्छ
प्रत्येक कविता सजाउने अलङ्कार बन्नुपर्छ
स्वार्थ, कपट र आडम्बर त्यागेर युग बदल्न
आफैं एक सुसंस्कृत युगीन संस्कार बन्नुपर्छ।

–विराटनगर

सियो, धागो, फूल अनि माला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *