खुकुरीले आक्रमण गरी फरार भएका विराटनगरका युवक पक्राउ

विराटनगर। विराटनगर महानगरपालिका–२ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर सम्पर्कविहीन बनेका सक्षम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल–भारत सीमा क्षेत्र नजिकबाट शुक्रबार बिहान पक्राउ गरिएको हो।

स्थानीइ २८ वर्षीय सापकोटा आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई बिहीबार राति खुकुरी प्रहार गरी घाइते बनाएर भागेका थिए।

घाँटीमा चोट लागेका घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। मोरङ प्रहरी प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार गुप्ताले सापकोटाको घरमा काम गर्ने गरेको पाइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागुऔषध प्रयोगकर्ता रहेको खुलेको प्रहरीको भनाइ छ। आपसी विवादका क्रममा उनले हतियार प्रहार गरेका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी चिमरियाले जानकारी दिए।

विराटनगरमा खुकुरी प्रहारले एक जना गम्भीर घाइते, आक्रमणकारी फरार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *