विराटनगरमा खुकुरी प्रहारले एक जना गम्भीर घाइते, आक्रमणकारी फरार
विराटनगर। विराटनगर महानगरपालिका–२ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार खुकुरी प्रहारबाट ५५ वर्षीय रमेश गुप्ता घाइते भएका छन्।
घाँटीमा गहिरो चोट लागेका उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। सुरुमा कोशी अस्पताल लगिएका उनलाई त्यहाँबाट विराट टिचिङ अस्पताल रेफर गरिएको थियो। विराटले नोबेल पठाएको हो।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीय सक्षम सापकोटाले रायमाथि खुकुरी प्रहार गरेको पाइएको छ। उनका अनुसार राय र सापकोटा चिनजानका व्यक्ति हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागूऔषध प्रयोगकर्ता रहेको खुलेको जोशीले बताए।
घटनापछि फरार सापकोटाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
