काठमाडौंमा सुरक्षाकर्मीको ‘हाई अलर्ट’

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइपछि काठमाडौं फर्कंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्ने तयारी गरेका छन्। प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ (उच्च सतर्कता) मा राखिएको छ।

आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशाला लगायत संवेदनशील क्षेत्रहरुमा सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक सञ्जयबहादुर राउतले बताए।

‘आज पोखराबाट पूर्वराजा आउँदै हुनुहुन्छ। बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशाला, महाराजगञ्जलगायत संवेदनशील क्षेत्रहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ’ उनले भने।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन्। उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत तयारी, काठमाडौंमा सुरक्षा व्यवस्था कडा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *