पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत तयारी, काठमाडौंमा सुरक्षा व्यवस्था कडा
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कँदा भोलि आइतबार समर्थकहरूले स्वागत गर्ने तयारी गरिरहेका बेला उपत्यकाको सुरक्षा व्यवस्था कडा पार्न थालिएको छ।
ठाउँठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई ‘उच्च सुरक्षा संवेदनशील’ मान्दै विशेष सुरक्षा व्यवस्था गर्ने जनाइएको छ। यस क्रममा सुरक्षा संयन्त्रका चारवटै इकाइहरू परिचालन गरिने भएको छ।
पूर्वराजा शाह अपराह्न ३ बजे त्रिभुवन विमानस्थलमा उत्रने पूर्वनिर्धारित तालिका छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दिउँसो १ बजे विमानस्थलमा आउन कार्यकर्ता र सर्वसाधारणमा अपील गरेको छ।
समर्थकले भव्य स्वागत गर्ने तयारीका बीच सुरक्षा परिचालनलाई त्यहीअनुसार व्यापक बनाइने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिनेछ।
यसैबीच, राजावादीहरूको गतिविधि बढ्दै गएपछि प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले हुलाकी राजमार्ग केन्द्रित पूर्वपश्चिम अभियान स्थगित गर्ने भएको छ। रौतहटमा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम स्थगित गरेर आइतबार काठमाडौं फर्कने भएका छन्।
फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन्।
विराटनगर, इटहरी, वीरगन्ज, पोखरा, काठमाडौंलगायत देशका विभिन्न ठाउँमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शनहरु भइरहेका छन्।
पूर्वराजाको अपीलले राजवादीहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरू पनि तरंगित भएका छन्। उनीहरुले सार्वजनिक रुपमै पूर्वराजालाई चेतावनी दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता ‘प्रचण्ड’ ले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन्।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री ओलीले भेट गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार शनिबार राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेट गरेका हुन्। नियमित भेटघाट भएको उल्लेख गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जानकारी दिए।
छलफलको विषय भने उनले उल्लेख गरेनन्। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली साँझ ६ बजेतिर शीतल निवास पुगेका थिए।

गणतन्त्रको परिभाषा बुझौ।
नीतिका कुराले नेतालाई छुँदैन
जनता सारा ती मरुन् नेताको मन रुँदैन॥
झुटा कुराले
भुटेर दिमाग यी लुटेर खाने त्यो
परिश्रम सून्य मा पसिना चुँईदैन यिनको॥
देशको कुनै पनी स्थान
कर्णाली बाजुरा दुर्गम पीडामा
कारण खोजेर गाँठा ऊ फुँदैन॥
अब त अति भो यो देशको हितमा काम गर्ने कोही छैन
तिनैको समाप्ति नभई त अब हुदै हुँदैन॥
जागौ न जनता हो ।
आफनो अबिभावक ल्याउन।
राजसंस्था भन्दा अर्को कुनै जनताको हितमा छैन ।
सिघ्र राजसंस्था स्थापना गरौ ।
उठौ जागौ जनता राजा ल्याउन लाई
नेपाल र नेपालीको लागी मात्र
जयशदेश जय नरेश
कल्पीत ढकाल
👍