विराट गोल्डकपमा आज दुई विभागीय टिम भिड्दै

विराटनगर। विराट गोल्डकप प्रतियोगिता अन्तर्गत आज बिहीबार सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ। यी दुई विभागीग टिम बीचको विजेता प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ।

यसअघि हिजो बुधबार भएको खेलमा मोरङलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो।

उक्त पहिलो क्वाटरफाइनल खेलमा आर्मीले मोरङलाई १–० गोलले हराएको हो। आर्मीका निरज चौधरीले खेलको ३७औं मिनटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो।

घरेलु मैदानमा मोरङ पराजित, आर्मी सेमिफाइनलमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *