ताप्लेजुङको निषेधाज्ञा हटाइयो
ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा लगाइएको निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि लागू हुने गरी हटाइएको छ। जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार ३ दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
फागुन ११ गते बिहान ५ बजेदेखि निषेधाज्ञा लगाइएको थियो। सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेको समूहलाई लक्षित गरी लगाइएको निषेधाज्ञा तत्कालका लागि हटाइएको प्रजिअ शर्माले बताए। ताप्लेजुङमा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच पटकपटक झडप हुँदै आएको छ।
प्रतिक्रिया
