तनाव बढेपछि ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा

ताप्लेजुङ। पाथीभरामा केबलकार बनाउने विषयको विवाद र झडप चर्किएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। ‘नो केबलकार समूह’ र प्रहरीबीच पटक पटक झडप भएर तनाव बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

हिजो शनिबार बेलुका सदरमुकाम फुङलिङमा दुई पक्षबीच झडप भएको थियो। झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन्।

त्यसअनुसार आज आइतबार बिहान ५ बजेदेखि अर्काे आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ।

आदेश उल्लङ्घन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानूनअनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ। निषेधाज्ञा लागू गर्न चार किल्ला तोकिएको छ।

यस्तो छ, प्रशासनको निषेज्ञाका सूचना–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *