बैतडीमा बिहानै भूकम्प

काठमाडौँ । बैतडी केन्द्रबिन्दु बनाएर आज मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः५४ बजे भूकम्प गएको हो ।

बैतडीको नवाघर आसपास केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । छिमेकी जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

केही दिनयता बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पको धक्का महसुस हुँदै आएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेयता पश्चिम नेपालका विभिन्न जिल्लामा करिब दुई साताको अवधिमा सात पटक भूकम्प गएको छ ।

दुई सातामा पश्चिम नेपालमा ७ पटक भूकम्प


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *