दुई सातामा पश्चिम नेपालमा ७ पटक भूकम्प

काठमाडौँ । पश्चिम नेपालका विभिन्न जिल्लामा करिब दुई साताको अवधिमा सात पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेयता मनाङ, बाजुरा लगायत जिल्लामा भूकम्प गएको हो ।

पछिल्लो पटक शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३, पुस ३ गते बझाङको धामेनामै ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको थियो । पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

यसैगरी, पुस ६ गते बाजुरामा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको थियो भने पुस ९ गते ९ बजेर २५ मिनेट जाँदा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *