इटहरीमा अब नगर बस सरर..

सुनसरी । इटहरी उपमहानगरपालिकामा असोज २ गतेदेखि नगर बस सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी असोज १ गते विश्वकर्मा पूजाका दिन शुभारम्भ हुने अनि भोलिपल्टदेखि नियमित सञ्चालन हुने जानकारी दिएको हो ।

उपमहानगरका मेयर हेमकर्ण पौडेलका अनुसार खरिद गरेर ल्याइएको चारवटा विद्युतीय बस सञ्चालनका लागि तयारी अवस्थामा छन् । ती बसले बसले इटहरीबाट चारै दिशामा पर्ने क्षेत्रमा सेवा दिने उनले बताए । विभिन्न रुट तय गरी उपमहानगरका २० वटै वडाहरुलाई समेट्ने गरी बस सञ्चालन हुने भएको छ ।

वडा–६ का वडाध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलका अनुसार बसको भाडादर २० रुपैयाँ तोकिएको छ । बस बिहान ७ बजेबाट ११ बजेसम्म चल्नेछ । ११ देखि २ बजेसम्म विश्राम अनि दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने उनले सरल पत्रिकालाई जानकारी दिए ।

बस कोशी राजमार्गको तरहरादेखि वडा–१३ को अरिहन्त मल्टिफाइबर्ससम्म, पूर्वपश्चिम सडकमा बूढी खोलाको मिलन चोकदेखि लगुना चोकसम्म चल्नेछ । यसैगरी, साथी फ्यूल, वडा–१०, ११ को खेती पुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरीसम्म चल्ने जनाइएको छ ।

यस्तै, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देवस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक–इटहरी, इटहरीबाट लविपुर, वडा–१६, वडा–१५ को चाँदवेला हुँदै वडा–१७ को वडा कार्यालय र कान्छी चोक हुँदै इटहरीसम्मको रुट तय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरलाई प्रश्न : नगर बस कहिले ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *