बढी प्रोटिन : मुटुलाई असर

काठमाडौं । मोटोपन घटाउने चासोले शरीर नै जोखिममा पर्नसक्ने चेतावनी दिन्छन् विज्ञहरु ।

बोसो र कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा तौल बढ्छ भन्ने मान्यता छ । तसर्थ, फिटनेस दौडमा संलग्न व्यक्तिहरू प्रोटीनयुक्त खानाबाट अधिकतम ऊर्जा प्राप्त गर्न चाहन्छन् । धेरैले यसका लागि प्रोटिन पाउडर पनि सेवन गरिरहेका छन् तर मोटोपनाबाट बच्ने यो विधिले उनीहरुको ज्यान जोखिममा पारिरहेको स्वास्थ्य विशेषज्ञहरुको भनाई छ ।

मेडिकल जर्नल नेचर मेटाबोलिज्ममा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार दैनिक क्यालोरीको २२ प्रतिशतभन्दा बढी प्रोटिनबाट लिइयो भने यसले प्रतिरक्षा कोषिकाहरूलाई सक्रिय बनाउँछ र शरीरमा एमिनो एसिड बढाउन सक्छ । यसले धमनीहरूमा अवरोध उत्पन्न गर्छ, जसले हृदयघात हुने खतरा रहन्छ ।

प्रोटिन बढी भएको खानाले मानिसको जीवनलाई कसरी जोखिममा पार्छ भन्ने केही तथ्यहरु छन् ।

सन्तुलित आहार कस्तो हुनुपर्छ ?

आजकल प्रोटिन फिटनेस फ्रेक्सको नयाँ उपहार मानिन्छ । प्रोटिनले मानिसको जीवनशैलीमा कुनै पनि परिवर्तन नगरी आफूलाई फिट राख्नको लागि सबैभन्दा सजिलो तरिका प्रदान गर्दछ । तर, यो सजिलो बाटोले प्रयोगकर्ताहरुलाई कसरी मृत्युको नजिक लैजान सक्छ भनेर विश्लेषण गरेका छन् ।

आजको व्यस्त जीवनमा फिटनेसलाई लिएर फरक किसिमको दौड सुरु भएको छ । सबैजना फिट देखिन चाहन्छन्, तर जीवनशैलीमा सम्झौता गर्न चाहँदैनन् । यसका लागि धेरै सूत्रहरू सुझाईएको छ ।

फिटनेस प्रशिक्षकहरूले मांसपेशी वृद्धि र अधिक तन्दुरुस्तीको लागि बिहानको खाजामा अधिकतम प्रोटीन सेवन गर्ने सल्लाह दिइरहेका छन् । बिहानको खाजामा धेरै प्रोटिनयुक्त खानेकुरा खाएमा दिनभरि खाने इच्छा कम हुन्छ । यसले स्वतः कार्बोहाइड्रेट र बोसोको सेवन घटाउँछ । उपभोक्ताले यसलाई सहि ठानेर पछ्याइरहेका छन् । यसले पछि हृदयघात र मृगौला फेल हुने जोखिम बढ्ने छ ।

मेडिकल जर्नल नेचरमा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा प्रोटिनको मात्रा बढी हुँदा अमीनो एसिडमा परिणत हुन्छ । एमिनो एसिडमा ठूलो मात्रामा नाइट्रोजन हुन्छ । यसलाई शरीरबाट हटाउन, मृगौला फिल्टरहरूमा धेरै दबाब पर्छ । प्रोटिन पाचनपछि निस्कने फोहोर उत्पादनमा पनि समस्या हुन्छ । जसका कारण मृगौलाको फिल्टर कमजोर हुन थाल्छ । जसले पछि गएर मृगौला फेल हुन्छ ।

उच्च प्रोटिनको सेवन तौल घटाउनमा निसन्देह सहयोगी हुन्छ, तर तौल घटाउने यो विधि धेरै लामो समयसम्म टिक्दैन । मेडिकल जर्नल क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा अतिरिक्त प्रोटिन फ्याटको रूपमा जम्मा हुन्छ, जसले शरीरमा एमिनो एसिड पनि बढाउन थाल्छ । जसका कारण तौल बढ्न थाल्छ ।

क्यान्सर हुन सक्छ

जामा नेटवर्कमा प्रकाशित एक अध्ययन अनुसार उच्च प्रोटिनयुक्त खानेकुराले क्यान्सरको जोखिम बढाउन सक्छ । यो प्रोटिनको लागि मासुमा निर्भर व्यक्तिहरूको लागि विशेष गरी खतरनाक छ । रातो मासु खाँदा कोलोरेक्टल क्यान्सर, स्तन क्यान्सर र प्रोस्टेट क्यान्सर हुन सक्छ ।

तर खानामा प्लान्ट प्रोटिन समावेश गर्दा क्यान्सरको जोखिम कम हुन्छ । प्रोटिनका लागि खाइने मासुमा क्यान्सर निम्त्याउने तत्वहरु रहेको चिकित्सकहरुको भनाइ छ ।

कब्जियत र सास गन्हाउने कारणहरू

पेटसाइड जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार उच्च प्रोटिनको सेवनले कब्जियतको समस्या बढाउन सक्छ । वास्तवमा, अधिक प्रोटिन खपत गर्ने मानिसहरूले कार्बोहाइड्रेट युक्त खाना कम गर्छन् । प्रोटिनयुक्त खानामा फाइबरको मात्रा निकै कम हुन्छ । यसले पाचन समस्या बढाउँछ र कब्जियत निम्त्याउँछ ।

हाम्रो शरीरलाई सामान्यतया दिनमा २२ सय क्यालोरी चाहिन्छ । त्यो मध्य धेरैजसो क्यालोरी कार्बोहाइड्रेटबाट पूरा गर्नुपर्छ, किनभने शरीरले यसलाई प्रत्यक्ष रूपमा प्रयोग गर्छ । बाँकी भाग बोसोले र लगभग १५ प्रतिशत प्रोटिनले पूर्ति गर्नुपर्छ । यस आधारमा हामीले हाम्रो खाना तयार गर्नुपर्छ ।

(नेपाल न्युज बैंक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *