कोरोना संक्रमणबाट एकको मृत्यु, १०६ जना बिरामी थपिए

काठमाडौं । २४ घण्टाको अवधिमा नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । यो अवधिमा १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

कोरोना महामारी सुरु भएयता नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २६ पुगेको छ ।

शुक्रबार ४६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४१४ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा देशभर ५८१ पीसीआर तथा १ हजार ३०२ एन्टिजेन परीक्षण भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *