१३६ जना नयाँ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसबाट हुने संक्रमणबाट पछिल्लो पटक १३६ जना बिरामी परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमितको संख्या ३९० जना पुगेको छ । सोमबार ११३ जनामा संक्रमण पाइएको थियो ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये संस्थागत आइसोलेसनमा २७ जना, सघन उप कक्ष (आइसियु) मा चारजना र भेन्टिलेटरमा एकजना उपचाररत छन् ।

मंगलबार ६४ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ देखा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *