डब्लूएचओले भन्यो, कोभिड-१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ ।

तीन वर्षअघि कोभिड–१९ को महामारी फैलिएका बेला ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरिएको थियो ।

डब्लूएचओले २०२० जनवरी ३० मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन् ‘म कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गर्दछु ।’

उनले उच्च तहको खतरा सतर्कता हटाउनुको अर्थ जोखिम सकिएको भने नभएको उनले बताए ।

परिस्थितिमा परिवर्तन भए संकटकालीन अवस्था पुनःस्थापित हुन सक्ने उनले जनाएका छन् ।

कोभिड–१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्लूएचओको तथ्यांक छ ।

नेपालमा १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोना महामारीले नेपालमा १२ हजार ३१ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *