कोभिड-१९ विरुद्ध खोप बनाउने वैज्ञानिकद्वयलाई नोबेल पुरस्कार

यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणका लागि बाटो खोलिदिने दुईजना वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका छन्।

चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार यसपालि वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई प्रदान गरिएको बीबीसीले जनाएको छ।

उनीहरुले विश्वलाई कोभिड–१९ को महामारीका बेला एमआरएनए कोभिड खोप निर्माणका लागि बाटो खोलिदिएको जनाइएको छ ।

नोबेल पुरस्कार समितिका अनुसार पुरस्कार विजेताले आधुनिक समयमा मानव स्वास्थ्यले सामना गरेको  ठूलो जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएकाले नोबेल पुरस्कार प्रदान गरिएको हो ।

प्रयोगात्मक अवस्थाको खोपको अनुसन्धानलाई पूर्णता दिँदै खोप निर्माण गरेर विश्वका जनताको जिउ ज्यानको रक्षाका लागि वितरण गरिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

खोपका लागि आवश्यक गुणसहितको एमआरएनए प्रविधि पछिल्लो समय क्यान्सरलगायत अन्य कडा रोगको खोपका लागि समेत प्रयोग गर्न सकिने सम्भावनालाई ध्यानमा राखी थप अनुसन्धान भइरहेको छ।

समान्यतया भाइरस वा ब्याक्टेरियाको पहिचान गर्दै तिनैको कोष प्रयोग गरेर प्रतिरोध क्षमताको विकास गरी खोपमा परिणत गरिन्छ।

एमआरएनए प्रविधिमा भने त्योभन्दा फरक तरिका अपनाएर प्रतिरोध क्षमतासहितको खोप निर्माण गर्न सघाएको थियो।

उक्त प्रविधि अपनाउँदै मोडेर्ना र फाइजर बायोटेक कम्पनीले खोपको तीव्र विकास गरेका थिए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका ६९ लाख ५९ हजार ३१६ जनाले कोभिड सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन्। करिब ७८ करोड मानिस कोभिड सङ्क्रमणमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *