हिँड्दा हिँड्दै

किन किन उराठ लाग्छ यात्रा यस्तै हुने को कि
सधैँभरि हाँस्न खोज्दा मन त्यसै रुने हो कि
हिँड्दै गएँ गम्भीर भए जीवनका मोडहरु
नदीजस्तै उर्लिदिन्छन् मेरा सारा चोटहरु
सबै कहाँ सकिन्छ र समेटिन यादहरु
यसैगरी बित्छन् मेरा दिनसँगै रातहरु
किन किन उराठ लाग्छ…
चञ्चल हुन्छ मन यो यता जाउँ कि उता हुन्छ
पाइलाहरु अघि सार्दा दुःखमात्र साथ हुन्छ
हिमाल जस्तै उच्च देख्छु रहरका बोटहरु
ओइलिएर झरिदिन्छन् थपिदिन्छन् चोटहरु
किन किन उराठ लाग्छ…!
प्रतिक्रिया