गुरुकुलको मञ्चमा ‘सत्य हरिश्चन्द्र’

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने भएको छ ।

सुशीला कोइराला नाटकघरमा गुरुकुलले चैत २३ देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो ।

आधुनिक हिन्दी साहित्यका पिता मानिने भारतेन्दु हरिश्चन्द्रले लेखेको नाटकलाई केदार सत्यालले नेपालीमा भावानुवाद गरेका हुन् ।

सन् १८७६ मा भारतमा पहिलो पटक प्रकाशित भएको यो नाटकमा सूर्यवंशी सत्यवादी राजा हरिश्चन्द्रको कथा छ ।

नाटकको मूल विषय राजा हरिश्चन्द्रको इमान्दारी र सत्यको परीक्षा हो । नाटकमा रविन चिमरिया, सविन भट्टराई, सागर विश्वास, प्रदिप दाहाल, दिक्षा चौधरी लगायतको अभिनय रहनेछ ।

दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गरिने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *