प्रेमको ‘प्रेयसी’ गीतसङ्ग्रह लोकार्पण

विराटनगर । सर्जक प्रेम गुरुङ ‘प्रताप’ द्वारा लिखित ‘प्रेयसी’ गीतसङ्ग्रह शनिबार लोकार्पण गरिएको छ ।

बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस अवसरमा नगरप्रमुख राईले आफू बेलबारीको भाषा, साहित्य, गीत, सङ्गीत, र संस्कृतिको संरक्षण गर्ने कुरामा प्रतिबद्ध भएको बताए ।

कार्यक्रममा साहित्यकारद्वय हर्कमान तामाङ र सुरेन्द्र लिम्बू विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।

त्यस अवसरमा ईरान राई, गोपाल नेपाल, जेबी थुलुङ, रमेश निरौला, दीप मंग्राती, मुना मिश्र, भोजराज बस्नेत, अर्जुन कुलुङ राई, केशु विरही, निरज खवासलगायतको सहभागिता थियो ।

प्रतिष्ठानकी सदस्य लक्ष्मी सुवेदीले सहभागीहरुको स्वागत गरेकी थिइन् भने उपाध्यक्ष धनजीत पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्राज्ञ उमा सिजापति, विकास बुढाथोकी, सञ्जीव कटुवाल, रिपुमर्दन खड्का, शेखर थापामगरलगायतको पनि कार्यक्रममा सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *