पुसमा भएका गाडी दुर्घटनामा १९७ जनाले ज्यान गुमाए

काठमाडौं। यो वर्षको पुस महिनामा भएका गाडी दुर्घटनामा १९७ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा तीन हजार ३७४ वटा गाडी दुर्घटना भएका थिए।

ती दुर्घटनामा १५४ जना पुरुष, ३३ जना महिला, पाँच जना बालक र पाँच जना बालिका गरी एक सय ९७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। ती दुर्घटनाहरुमा ६४६ जना गम्भीर घाइते भएका छन् भने २ हजार ७७१ जना सामान्य घाइते भएका छन्।

सबैभन्दा धेरै दुई हजार ७६ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्। जीप, कार र माइक्रोबस ४४६ वटा, बस १२१ वटा, टेम्पो १७८ वटा दुर्घटनामा परेका छन्। यसैगरी, १७३ वटा ट्रक, ट्याङ्कर, टिपर मालवाहक गाडी दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

सबैभन्दा धेरै दुर्घटना बेलुकी ६ देखि बिहान ६ बजेसम्म भएको पाइएको छ। दुर्घटनाका मुख्य कारणमा तीव्र गति, मदिरा सेवन गरेर चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियमको उल्लंघन रहेका प्रहरीले जनाएको छ।

बोलेरो र टेम्पो ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *