‘न्यूयोर्क टाइम्स’ को विश्वका उत्कृष्ट गन्तव्य सूचीमा गौतमबुद्ध जन्मस्थल लुम्बिनी

काठमाडौं। भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई ‘न्यूयोर्क टाइम्स’ले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा पर्यटन प्रवर्द्धनको कामलाई यसबाट अझ सहयोग पुग्ने देखिएको छ।

सूचीमा समावेश भएका स्थानहरुलाई सन् २०२५ मा घुम्नका लागि उत्कृष्ट स्थानहरुका रुपमा चित्रण गरिएको छ। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले प्रतिष्ठित न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु ठूलो उपलब्धि भएको बताएका छन्।

लुम्बिनीमा हरेक वर्ष भ्रमण गर्न आउनेको संख्या उल्लेख्य हुने गरेको छ । कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए । यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ।

लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउँछ। धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यसकार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीले पनि विश्वास गरेका छन्।

‘जेन अस्टिन्स इङ्ग्ल्याण्ड’ उक्त सूचीको पहिलो नम्बरमा समावेश गरिएको छ। सूचीमा भारतको आसाम, न्युयोर्क सिटी म्युजियम, गालापागोज आइल्याण्ड इक्वेडर पनि समेटिएका छन्।

यसैगरी, थाइल्याण्डको ह्वाइट लोटस, ग्रीनल्याण्ड, फ्रान्स, सन भ्याली इडालो, अस्ट्रेलियाको सिड्नी, पोर्चुगल, अंगोला, जर्मनीको ह्याम्बर्ग, निकारागुवा, इटालीको डोलोमिक माउन्टेन्स, कोलम्बियाको म्यागडालेन रिभर, मेक्सिकोको लस क्याबोस, ताइवानको अलिशान, स्कटल्याण्डको फ्लो कन्ट्री, नर्वेको क्रिस्टियानस्याण्ड, उज्वेकिस्तानको बुखारा, स्पेनको क्यानफ्र्याङ्क, जापानको ओसाका, क्यानाडा अन्टारियोको ट्रेन्ट सेभर्न वाटरवे, नाइजेरियाको बेनिन सिटीलगायत पनि उक्त सूचीमा समेटिएका छन्।

‘लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध सम्पदा शहरका रुपमा विकास गर्नुपर्छ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *