‘लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध सम्पदा शहरका रुपमा विकास गर्नुपर्छ’

भैरहवा । गौतम बुद्धसँग सम्बन्धित विभिन्न क्षेत्र र सम्पदालाई समेटेर ‘बुद्धिस्ट सर्किट’ मानेर अन्तर्राष्ट्रिय बौद्ध सम्पदा शहरको रूपमा विकास गरे लुम्बिनीको महत्व अझ बढ्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले बताएका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले लुम्बिनी गुरुयोजना लागू भएको ४५ वर्षमा अनुमानित बजेटको १२ प्रतिशत मात्रै खर्च गरिएको र विकास प्राथमिकतामा नपरेका कारण सोचेजस्तो उपलब्धि हासिल हुन नसकेको बताए ।

भगवान बुद्धसँग सम्बन्धित सबै सम्पदा र क्षेत्रहरूलाई समेटेर बृहत्तर लुम्बिनीको निर्माण गर्नुपर्नेमा उनले जोड दिए । लुम्बिनी एक धार्मिक स्थल मात्रै नभएर अन्तर्राष्ट्रिय संवाद र शान्तिको केन्द्र बन्न सक्ने संयुक्त्त राष्ट्र संघका पूर्वमहासचिव उथान्तको भनाइ स्मरण गर्दै उनले यसको विकासमा गम्भीर भएर लाग्नुपर्ने बताए ।

लुम्बिनी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गर्ने हो भने नेपालका अन्य सम्पदा क्षेत्रसँग जोड्न र देशकै पर्यटन तथा अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *