समता साहित्य सम्मेलन भव्य सम्पन्न

सुनसरी । समता स्कुल इटहरीको आयोजनामा आज ‘समता साहित्य सम्मेलन’ भव्यताका साथ सम्पन्न भयो । समता स्कुल पुर्वी कन्सर्टियमका प्रमुख सन्तोष श्रेष्ठको अध्यक्षता तथा प्राज्ञ दिवस पोख्रेलको प्रमुख आथित्यतामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा काठमाडौँ, पोखरा तथा कोशी प्रदेशका करिब ६० जना सर्जकहरुको सहभागिता थियो । सम्मेलनमा कवि मनु मन्जिलले पर्या लेखनका बारेमा र साहित्यकार मिश्र वैजयन्तीले साहित्य र विद्यालयबारे आफ्नो अवधारणा प्रस्तुत गरे ।

कोशी प्रदेशका विभिन्न जिल्लामा सञ््चालित समता स्कुलहरु बीच कविता प्रतियोगिता समेत भएको थियो । सम्मेलनमा कवि तथा सांसद मीना श्रेष्ठ, कवि मनु मन्जिल, चन्द्र गुरुङ, सीमा आभास, मिश्र वैजयन्ती, कलाकार बिक्रमश्री, प्रायग न्यौपाने, हेमन्त यात्री लगायत करिब ६० जना कविहरुले आफ्नो सिर्जना वाचन गरे ।

समता स्कुल पूर्वी कन्सर्टियमका साहित्यदूत वरिष्ठ कवि विमल वैधले कार्यक्रमको संयोजन गरेका थिए ।

इटहरीमा ‘समता साहित्यिक उत्सव’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *