इटहरीमा ‘समता साहित्यिक उत्सव’

सुनसरी । समता स्कुलको आयोजनामा इटहरीमा मंसिर १४ गते शुक्रबार समता साहित्यिक उत्सव हुने भएको छ । उत्सवमा पूर्वमा रहेका समता स्कुलका विद्यार्थी, शिक्षक एवं स्थापित साहित्यिक सर्जकहरुको सहभागिता हुने भएको छ ।

कार्यक्रमको संयोजन गरेका इलामका सर्जक विमल वैद्यका अनुसार इलाम, विराटनगर, दमक, लहान र इटहरीमा सञ्चालित समता स्कुलका विद्यार्थीहरुबीच कविता प्रतियोगिता हुनेछ ।

सोही अवसरमा पूर्वका विभिन्न स्थानमा रहेर साहित्य क्षेत्रमा सक्रिय स्थापित ५० हाराहारी सर्जकहरु उत्सवमा सहभागी हुनेछन् । उनीहरुले आफ्ना रचना पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको वैद्यले जानकारी दिए ।

कार्यक्रममा कवि मनु मञ्जिलले लेखनबारे मुख्य मन्तव्य दिने छन् भने मिश्र वैजयन्तीले विद्यालय र साहित्यबारे आफ्नो धारणा प्रस्तुत गर्नेछिन् ।

यसैगरी, विद्यार्थीहरुले कार्यक्रमका अवसरमा नृत्यलगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

साहित्यको जगेर्ना गर्ने साथै विद्यार्थीहरुलाई साहित्यमा रुचि जगाउने उद्देश्य उत्सवको रहेको छ । भाषा, साहित्य र कलाको क्षेत्रमा पनि काम गर्ने उद्देश्यले यस्तो उत्सव गरिँदै आएको क्षेत्रमा पनि काम गर्ने उद्देश्यले यस्तो उत्सव गरिँदै आएको छ ।

उत्सव विगत वर्षदेखि गरिँदै आएको हो । संयोजक वैद्यका अनुसार पूर्वमा रहेका सबै समता स्कुलहरुले पालैपालो हरेक वर्ष उत्सव आयोजना गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *