१ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थीलाई ‘गंगाराम छात्रवृत्ति’
इलाम। कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । दिवंगत गंगादेवी घिमिरे र रामप्रसाद घिमिरेको नाममा स्थापित ‘गंगाराम घिमिरे अक्षयकोष’ ले छात्रवृत्ति प्रदान गरेको हो ।
इलामको माईजोगमाई गाउँपालिकास्थित नामसालिङ माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्म पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
दिवंगत घिमिरे दम्पतीका अमेरिका निवासी जेठा छोरा मोहन घिमिरे र बुहारी बिष्णुमाया घिमिरेद्वारा अभिभावकको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । त्यही कोषको वार्षिक ब्याजबाट छात्रवृत्ति दिइँदै आएको विद्यालयका प्रधानाध्यापक प्रदिप देवले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञनिधि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दाताहरुको तर्फबाट बोल्दै गीता आचार्यले आफ्ना अभिभावकको नाममा स्थापित अक्षयकोषबाट विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । गरिब र जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको उनले उल्लेख गरिन् ।
त्यस अवसरमा दाता परिवारकै सदस्य कलाकार आयुष घिमिरेले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमका प्रमुख अतिथिका रुपमा गाउँपालिका अध्यक्ष कुषबहादुर थेबे सहभागी थिए ।
यस्तै, उपाध्यक्ष प्रविणा राई, माईजोगमाई गाउँपालिका वडा ४ का अअध्यक्ष राम घिमिरे अतिथिका रुपमा सहभागी थिए । उनीहरुले विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेका थिए ।

१ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थीलाई ‘गंगाराम छात्रवृत्ति’

Hamro payero Didi vinaju lai dherai dherai badhau.myself ko tammmm.