बिहे घरमा नाचगान गर्दा करेन्ट लागेर मृत्यु

विराटनगर । बिहे घरमा भएको कार्यक्रममा नाचगान गरिरहेका बेला करेन्ट लागेर शनिबार बिहानका एक जना किशोरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-१८ मा घटना भएको हो ।

‘डिजे’ बजाएर नाचगान गरिरहेका बेला उक्त वडाको झटियाहीका १७ वर्षीय अमित यादवलाई करेन्ट लागेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार स्थानीय कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्रममा बिहानका राति १ः३० बजेतिर अमितलाई करेन्ट लागेको थियो । नाच्दानाच्दै भुइँमा रहेको तारमा लड्दा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ ।

तत्कालै उपचारका लागि कोशी अस्पताल लगिएको थियो । पुर्याउनासाथ चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

बिहे घरमा करेन्ट लागेर २ जना महिलाको मृत्यु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *