युद्धग्रस्त इरानबाट फर्कँदै ११ जना नेपाली

काठमाडौं। युद्धग्रस्त इरानको राजधानी तेहरानमा रहेका ११ जना नेपालीलाई स्वदेश फर्काइने भएको छ। त्यहाँ रहेका १६ नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले आइतबार उद्धार गर्ने भएको हो।

भारतीय दूतावासले आफ्ना नागरिकसँगै नेपालीहरूलाई पनि तेहरानबाट बसमा कोम हुँदै मशाद भन्ने स्थानमा लैजाने अनि त्यहाँबाट विमानमा दिल्ली ल्याइने भएको जनाइएको छ।

तेहरानबाट मशाद गएर त्यहाँबाट विमानमार्फत् दिल्ली लगिने जानकारी आएको उदयपुरका हरि थापाले बताएका छन्। उनीसहित उनका छोरा उत्सव थापा र उनकी श्रीमती गायत्री कार्की थापा फर्कँदै छन्।

यसैगरी, बुटवलका विष्णु भुसाल, बुद्धिसागर पौडेल, गणेश पोखेरल, सुमन गैरे, विष्णुप्रसाद बञ्जाडे, यज्ञ मरासिनी, राजु खनाल र ललितपुरका शिवप्रसाद भट्टराई पनि मशाद पुगेर फिर्तीको प्रतीक्षामा हुने छन्। उनीहरू तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए।

युद्धग्रस्त इरानबाट भारतले फर्कायो आफ्ना ३१० नागरिक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *