युद्धग्रस्त इरानबाट भारतले फर्कायो आफ्ना ३१० नागरिक

काठमाडौं। युद्धका कारण इरानमा फसेका आफ्ना ३१० जना नागरिकलाई भारतले उद्धार गरी स्वदेश फर्काएको छ। ‘अपरेशन सिन्धु’ नाम दिएको उद्धार अभियानअन्तर्गत उनीहरूलाई लिएर विशेष विमान दिल्ली अवतरण गरेको बीबीसीले जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै इरानबाट ३१० भारतीयहरूलाई लिएर एक विमान शनिबार दिल्ली आइपुगेको उल्लेख गरेका छन्।

दुई दिनअघि ११० जना भारतीय विद्यार्थीहरूलाई विशेष विमानमार्फत भारत फर्काइएको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई पहिले इरानबाट आर्मेनिया लगिएको थियो र त्यहाँबाट विशेष उडानद्वारा दिल्ली ल्याइएको हो।

इजरायलसँग युद्ध सुरु भएपछि हालसम्म ८२७ भारतीयहरूलाई इरानबाट सुरक्षित रूपमा फर्काइएको भारतीय अधिकारीहरुले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *