केपी ओलीले मेरो राजनीति सक्न मुद्दा लगाए : नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीति सक्न चाहेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको आरोप समेत उनले लगाए।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि आज बिहीबार गृहजिल्ला रौतहटमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। पतञ्जली जस्तो संस्थामा त्यस्तो होला भन्ने आफूले कल्पना पनि नगरेको नेता नेपालले बताए।

‘मैले कुनै अनुचित काम गरेको छैन’ उनले भने, ‘अपराधलाई प्रोत्साहन गरेको पनि छैन।’ कसले कुन छिद्र राखे, नराखेको आफूलाई जानकारी नभएको नेपालले बताए।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछिको अवस्थाबारे कानुन व्यवसायीसँग परामर्श गर्ने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीति सक्न चाहेकाले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आरोप समेत नेता नेपालले लगाए।

‘उहाँ (केपी ओली) मविरुद्ध सुरुदेखि नै लाग्नुभएको हो। मेरो करिअर समाप्त पार्ने उहाँको नियतै हो। पहिले पनि उहाँले यस्तो किसिमको प्रयास पटकपटक गर्नुभएको हो’ उनले भने, ‘उहाँ बदलाको भावनाबाट चल्नुभएको छ।’

कोको हुन् पतञ्जलि जग्गा प्रकरणको मुद्दाका प्रतिवादी ?

भ्रष्टाचार मुद्दा दायर भएपछि माधव नेपाल सांसदबाट निलम्बित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *