कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि

काठमाडौं । कक्षा १२ को परीक्षा सरेको छ। वैशाख ११ गतेका लागि तय गरिएको परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ।

शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए।

प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न आग्रह गरेका थिए। त्यही आधारमा बोर्डले वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि बोर्डको आज मंगलबार बिहान बसेको बैठकले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको थियो। कर्मचारी परिचालन गरेर भए पनि परीक्षा निर्धारित मितिमै गर्ने भनिएको थियो।

परीक्षा बोर्डले प्रधानाध्यापक र शिक्षकहरूलाई धम्क्यायोः महासंघ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *