शिक्षक-कर्मचारी आन्दोलन : २०औँ दिन पनि सडकमै

काठमाडौं। शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका देशभरका शिक्षक–कर्मचारी आज सोमबार २०औँ दिन पनि सडकमा उत्रँदै छन्।

लामो समयदेखि आफ्ना माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका उनीहरुले चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक प्रदर्शन गर्दै आएका छन्। यसका लागि देशभरबाट शिक्षक एवं कर्मचारी भेला भएका छन्। उनीहरुले दिनहुँ प्रदर्शन गर्दै आएका छन्।

यसबीच सरकार र शिक्षक प्रतिनिधिहरुबीच पटकपटक अनौपचारिक कुराकानी भए पनि आफ्ना माग पूरा हुनेमा आन्दोलनकारी विश्वस्त हुन सकेका छैनन्। पछिल्लो पटक केही दिनअघि शिक्षक प्रतिनिधि र प्रधानमन्त्री केपी शर्मा ओली एवं सभामुख देवराज घिमिरेबीच छुट्टाछुट्टै भेट भएको थियो।

उक्त भेटपछि आन्दोलन स्थगन हुने वा स्वरुप परिवर्तन हुने अनुमान गरिएको थियो। तर त्यसपछि पनि आन्दोलनले निरन्तरता पाइरहेको छ। शिक्षक–कर्मचारीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, संघ, संगठनहरु तथा केही अन्तर्राष्ट्रिय संस्थाहरुले पनि समर्थन जनाएर ऐक्यवद्धता प्रकट गरिसकेका छन्।

आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निरन्तर रहेको उल्लेख गर्दै अझै केही दिन जारी रहने बताएका छन्।

आन्दोलनमा सधैंझैँ जुट्न आग्रह गर्दै सुवेदीले भनेका छन्, ‘आज हाम्रो काठमाडौं केन्द्रित सडक आन्दोलन २० दिनको हुँदैछ। धेरै कष्ट र असजिलाका बाबजुद यहाँहरुबाट भएको उच्च सहभागितालाई नमन गर्दछौं। अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प छैन। सदाझैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा डटिरहनु होला। संस्थाको तर्फबाट आउने आधिकारिक वक्तव्य र हामी (कार्यालय) मार्फत सम्प्रेषण हुने जानकारीलाई पत्यार र अनुशरण गर्नुहोला। बजारमा अनेकथरि अफवाह भएको हामीले थाहा पाएका छौं। त्यस्ता अनधिकृत अफवाह र भनाइमा पत्यार नगर्नुहोला।’

के हुन् शिक्षक-कर्मचारीका माग ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *